Wednesday, October 28, 2026
Home स्वास्थ्य पायल्सका बिरामीले यी चिज नखानुस्

पायल्सका बिरामीले यी चिज नखानुस्

409

असार १९,
काठमाडौं । पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस्।

धेरै तेलयुक्त र मसालायुक्त भोजन
अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ। यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन्। पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ। यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस्।

फास्टफूड नखानुहोस्
पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ। फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ। यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ।

राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन। राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ।

घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ। तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ। यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ।

कफी, कोल्ड ड्रिंक्स
यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन। सकेसम्म घरमै बनेको खाना खानुपर्छ।

मांसाहारी भोजन
कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न। मांसाहारी सुप पनि सेवन गर्नुहुन्न।

-swasthyakhabar.com