भाजपामा प्रवेश गर्न ४० करोड भारुको अफर आएको विधायकको भनाइ

397

एजेन्सी, असार १९,
काठमाडौं । भारतको कर्नाटकमा पेरियपटनाबाट जेडीएस दलका विधायक के. महादेवले आफूलाई भाजपामा प्रवेश गर्नका लागि ४० करोड भारुको अफर दिइएको तर आफूले अस्वीकार गरेको बताएका छन् । महादेवले भने, ‘जनताका प्रतिनिधिहरूले आफ्ना मतदाताको कल्याणका लागि काम गर्नुपर्छ । मुख्यमन्त्रीले सन्तुलित रूपमा काम गर्नुपर्छ । नभए राजीनामा, ब्ल्याकमेलिङ र धम्कीको नाटक शुरू हुन्छ ।’

उनले भने, ‘भाजपाका प्रवेश गर्न ४० करोड भारु नगदमै दिने अफर आएको थियो । तर मैले भ्रष्टाचार निरोधक ब्यूरोलाई फोन गरिदिने धम्की दिएँ ।’यसैबीच राज्यका पूर्व मुख्यमन्त्री र कांग्रेस नेता सिद्धारमैयाले भाजपा कर्नाटक सरकार हटाउन लागिपरेको दाबी गरेका छन् । भाजपाका वरिष्ठ नेताहरू पनि यसमा लागिपरेको उनको दाबी छ । कर्नाटकमा जेडीएस र कांग्रेसको गठबन्धन सरकार छ ।