Friday, July 24, 2026
Home Blog Page 1464
असार १९, काठमाडौं । हरेक मानिसले जन्मिदा आ-आफ्नै भाग्य लिएर आएका हुन्छन् । धर्मशास्त्रअनुसार जन्मकै आधारमा मानिसको भाग्य पनि निर्धारण भएको हुन्छ । जन्म कुण्डलीअनुसार हरेक मानिसको भाग्य फरक–फरक रहने गर्छ । यस्तै सातवटा बारअनुसार हरेक बार जन्मने मानिसको भाग्य र स्वभाव पनि फरक रहने शास्त्रीय मान्यता छ । यसमा पनि बिहीबार जन्मेका व्यक्तिको भाग्य कस्तो हुन्छ ? यसबारे जानी...
बीबीसी, असार १९, काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई 'शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको' आरोप लगाएको छ। दुई देशबीच परमाणु सम्बन्धी वार्तालाई पुन: सुचारू गर्नका लागि भएको पछिल्लो सम्झौताबीच प्योङ्याङ्‍को त्यस्तो भनाइ आएको हो। संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधवार अमेरिकाले 'प्रतिबन्धहरूप्रति आशक्ति देखाएको' बताएको थियो। उसले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप लगाएको छ।यो वक्तव्य...
असार १९, अर्घाखाँची । गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने छ जना घाइते छन्।मृत्यु हुनेमा तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ।६ जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ। बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सड्कको उकालोमा दुर्घटना भएको हो।जीप सड्कबाट ६०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको...
एजेन्सी,असार १९, क्यानबेरा । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्ट्रेलिया नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ। उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ। यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली...
असार १९, विराटनगर । १ नम्बर प्रदेशमा डेंगु रोगीको संख्या ५ सय नाघेको छ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो । पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सुनसरीका साधै धनकुटा र उदयपुरसम्म फैलिएको उहाँले बताउनु भयो । यस्तै मन्त्री घिमिरेले डेंगु फैलिएको बाहनामा जनतामा त्रास फैलाउने,...
एजेन्सी, असार १९, काठमाडौं । क्रिकेट विश्वकपमा महेन्द्र सिंह धोनीले सुस्त गतिमा ब्याटिङ गरेको भन्दै क्रिकेट विज्ञ र प्रशंसकहरूले लगातार आलोचना गरिरहेका छन् । यसबीच विश्वकप लगत्तै धोनीले क्रिकेटबाट संन्यास लिने खबर भारतीय सञ्चारमाध्यमहरूमा आएका छन् । बीसीसीआईका एक अधिकारीले धोनी विश्वकपमा नै अन्तिम खेल खेल्ने र त्यसपछि संन्यास लिने दाबी गरेका छन् । विगत केही समययता धोनीको...
एजेन्सी, असार १९, काठमाडौं । ग्रेट ब्रिटेनकी ५८ वर्षे भ्यालेरी स्यान्डर्स श्रीमानमाथिको आफ्नो व्यवहारका कारण १७ घण्टा जेलमा बिताउन बाध्य भएकी छिन् । भ्यालेरीले श्रीमानलाई आफ्नो कारको साटो घर सफा गर्न बारम्बार कचकच गर्ने गरेको स्रोतले बताएको छ । भ्यालेरीको समस्या त्यतिबेला सुरु भयो जब सन् २०१८ को अप्रिलमा उनका श्रीमान माइकलको अफिसमा जबसेन्टर युकेका कर्मचारीले नियमित जाँचमा जाँदा उनी...
एजेन्सी, असार १९, काठमाडौं । नायक साहिद कपुर र किआरा अडवानी अभिनित चलचित्र ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा २ सय करोड क्लबमा प्रवेश गरेको छ । दोश्रो हप्ताको बुधबार ७.५३ करोड कमाई गर्दै चलचित्रले २ सय करोडको आँकडा पार गरेको छ । ५ दिनमा सय करोड, ९ दिनमा डेढ सय करोड, १० दिनमा १७५ करोड कमाएको चलचित्रले रिलिजको १३ औं...
एजेन्सी, असार १९, काठमाडौं । एकजना युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन् । चुम्बनको बहानामा जिब्रो काटिदिने ती युवतीलाई प्रहरीले गिरफ्तार गरेको छ । यो घटना स्पेनको बार्सिलोनामा भएको हो । आडिया लोपेज इस्टिवे नामकी युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो काटिदिएकी हुन् । उनीहरुको पहिलो रिलेसनशीप सन् २०१६ मा सुरु भएको थियो, जुन केवल...
असार १९, अर्घाखाँची । जिल्लाको सुपाखोलामा लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको छ।बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइते ५ जनाको अवस्था गम्भीर रहेको छ। अहिले उद्दार जारी छ।