Friday, October 2, 2026
Home समाचार धर्मगूरु रामबहादुर बम्जन फेरी महाध्यानमा

धर्मगूरु रामबहादुर बम्जन फेरी महाध्यानमा

581

असार १९,
काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन ।
कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ । संघले बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ ।

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए ।उनले भने,‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ । उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ ।’

पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ ।पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।