बलिउडमा हाइस्लिटको बढ्दो क्रेज

138

असार १९,
काठमाडौं । बलिउडका अभिनेत्रीहरू कस्तो पहिरनमा देखिन्छन् त्यसको चासो सर्वत्र हुन्छ । बलिउड अभिनेत्रीहरूको पहिरन तत्कालै भाइरल हुन्छ र त्यो फेसन सिम्बल बन्न पुग्छ । यतिबेला बलिउडमा हाइस्लिट भनिने पहिरनको क्रेज बढ्दो छ ।

विशेषगरी गर्मी मौसमका लागि डिजाइन गरिएको म्याक्सी वा गाउनसँग मिल्दोजुल्दो यो पहिरनको माथिल्लो भाग खुल्ला हुन्छ र लगाउनेको क्लेभेज (स्तनको माथिल्लो भाग) देखिएको हुन्छ । तल्लो भागको दाहिनेतर्फ तिघ्रासम्म चिरिएको हुन्छ, जहाँबाट तिघ्राले चियाइरहेको हुन्छ ।

अहिले यस्तो पहिरनमा बलिउड अभिनेत्री जाहन्वी कपुर, दीपिका पादुकोण, सारा अलि खान, करिना कपुर, कियारा आडवाणी, मलाइका अरोरा आदि सार्वजनिक रुपमै देखिन थालेका छन् ।-साप्ताहिकबाट