Friday, September 18, 2026
Home राजनीति साँखु मालपोत कार्यालयमा मन्त्री अर्याललाई देखाइयो कालो झण्डा

साँखु मालपोत कार्यालयमा मन्त्री अर्याललाई देखाइयो कालो झण्डा

241

साउन १३,
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई कालो झन्डा देखाइएको छ। मालपोत कार्यालय साँखुमा निरीक्षणका लागि पुगेकी मन्त्री अर्याललाई केही युवाहरूले कालो झण्डा देखाएका हुन्।

सोमबार दिउँसो मन्त्री अर्याल साँखु पुगेकी थिइन्। मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिइन्। त्यसपछि फर्कने क्रममा अर्याललाई युवाहरूले राजीनामा माग्दै कालो झण्डा देखाएका हुन्।