सन्नी लियोनी ‘पासवर्ड’को प्रिमियरको लागि भोलि नेपाल आउँदै

189

भदौ २५,
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए । शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।