Sunday, August 2, 2026
Home Blog Page 1318
भदौ ३०, काठमाडौै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह ९ज्ञानेन्द्र शाही० लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न...
भदौ ३०, काठमाडौं । निर्माता माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘पारस’ रहने भएको छ । यो चलचित्रमा निश्चल बस्नेतलाई पारस पात्रको भूमिकामा देख्न सकिनेछ । यही फिल्मबाट वाग्लेले निर्माताबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले यो फिल्म लेख्न प्रदीप भारद्वाजलाई जिम्मा दिएका छन् । लामो समयदेखि निर्माणका कारण चर्चामा रहेको फिल्ममा निश्चल बस्नेत हुने पक्का...
भदौ ३०, इलाम । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्। विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्...
भदौ ३०, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार जना नेताहरूको बैठक अहिले जारी रहेको छ। उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी रहेका छन्।चार जना नेताहरूको बैठकले पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल गरिरहेको छ। गत साल...
भदौ ३०, काठमाडौं । संसदीय समितिहरूले सरकारलाई अफ्ठेरो पार्न लागेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग गुनासो गरेको सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई बताएका छन्। समितिहरूले सरकारको निगरानी भन्दा पनि नियन्त्रण गर्न खोजेपछि प्रधानमन्त्रीले गुनासो राखेको सभामुखको भनाइ थियो। 'सरकार र समिति बीचमा अलि असमझदारी बढेको जस्तो छ। प्रधानमन्त्रीले सरकारलाई संसदीय समितिहरूले अफ्ठेरो पार्न थाले भन्नुभएको छ', सभामुख महराले भने,...
भदौ ३०, काठमाडौ। दसैंतिहार र छठका लागि हवाइ टिकट किन्न चाहनेहरुलाई कम्पनीहरुले १० प्रतिशत छुट दिने भएका छन्। वायुसेवा सञ्चालक संघको बैठकले एक महिनासम्म १० प्रतिशत छुटको ब्यवस्था मिलाएको हो। असोज १२ गतेदेखि छुटको टिकट खुल्ने छ। कात्तिक १७ गतेसम्म टिकट किन्न पाइने छ।संघका आबद्ध वायुसेवा कम्पनीहरुले यो छुट दिने छन्। सस्तो टिकट लिनका लागि सम्बन्धित वायु सेवा कम्पनीको काउन्टर...
भदौ ३०, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका...
भदौ ३०, काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन्...
एजेन्सी , भदौ ३०, काठमाडौं । साउदी अरेबियाका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि इन्धनको मूल्य पछिल्लो चार महिनाकै उच्च भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज भएको कारोबारमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेको बीबीसीले जनाएको छ। सोमबार तेलको मूल्य ब्यारेलमा ७१ दशमलब ९५ डलर बढेको पुगेको छ। दैनिक ५७ लाख ब्यारेल तेल उत्पादन कटौति भएपछि अमेरिकाले...
भदौ ३०, बीबीसी । आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो । डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए...