साहित्यकार जानु बेलायतमा सम्मानित

179

भदौ २९,
बेलायत । प्रवासमा रहेर साहित्य सिर्जना गर्दै आएकी साहित्यकार जानु कम्बाङ्ग लिम्बू बेलायतमा सम्मानित भएकी छिन् । शनिबार साहित्य क्षेत्रको लोकप्रिय कार्यक्रम अभिव्यक्ति शृंखला-१२ को मञ्चमा उनलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सममान गरेको हो । संस्थाकी अध्यक्ष दिपा लिम्बु राई सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरुको उपस्थिती रहेको थियो । सो अवसरमा साहित्यकार जानुको विभिन्न रचनाहरु समेत प्रस्तुत गरिएको थियो ।