चलचित्र ‘पारस’मा निश्चल बस्नेत पारस पात्रको भूमिकामा

1025

भदौ ३०,
काठमाडौं । निर्माता माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘पारस’ रहने भएको छ । यो चलचित्रमा निश्चल बस्नेतलाई पारस पात्रको भूमिकामा देख्न सकिनेछ । यही फिल्मबाट वाग्लेले निर्माताबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले यो फिल्म लेख्न प्रदीप भारद्वाजलाई जिम्मा दिएका छन् । लामो समयदेखि निर्माणका कारण चर्चामा रहेको फिल्ममा निश्चल बस्नेत हुने पक्का भए पनि अन्य कलाकार भने छनोट हुन बाँकी छ ।

चलचित्रलाई ‘द अनलक्की म्यान’ भनिएको छ । यसको अर्थ फिल्ममा एक अभागी युवकको कथा हुनेछ । निर्माता वाग्लेले यो फिल्मको रिलिज मिति आउँदो चैत्र २८ गते घोषणा गरेका छन् । यही मितिमा चलचित्र ‘प्रेम गीत ३’ पनि रिलिज हुने चर्चा छ ।