Monday, September 21, 2026
Home मनोरन्जन ‘चपली हाईट’ अभिनेत्री बिनिता बराल आमा बन्दै

‘चपली हाईट’ अभिनेत्री बिनिता बराल आमा बन्दै

453

असोज ९,
काठमाडौं । ‘चपली हाईट’ सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्। सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्। पोस्टमा उनले ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन्। यसको अर्थ उनी छोरीको आमा बन्दैछिन्। पहिलो सिनेमापछि खासै व्यस्त हुन नसकेकी बराल केहि वर्षयता अमेरिका बस्दै आएकी छन्। उनले तिलक पौडेलसँग उतै विवाह गरेकी हुन्।