यादव प्रसाद अधिकारीः कांग्रेस भक्तपुरका एक इमान्दार सिपाही

1392

भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा निर्वाचन आगामी मंसिर १४ गते हुदैंछ । उक्त निर्वाचनका लागि नेपाली कांग्रेसबाट यादव प्रसाद अधिकारीको नाम समेत अग्रपत्तिमा छ । अधिकारीको जन्म २०३० साल चैत २८ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ (साबिकको बागेश्वरी गाविस)मा भएको थियो । उनी नेपाली कांग्रेसका गाउँ समिति सचिव, नगर समितिको सभापति हुदैं पार्टीको विभिन्न तहको जिम्मेवारी पुरा गरिरहेका छन् । उनी पार्टीको लागि त्याग गर्ने एक इमान्दार सिपाही रहेको उनलाई चिन्नेहरु बताउँछन् । हँसीला र मिजÞासिला उनी सबैलाई आदर र सम्मान गरेर बोल्ने नरम स्वभावका छन् । भक्तपुर कांग्रेसका एक जुझारु तथा प्रखर वक्ता समेत रहेका अधिकारी चाँगुनारायण क्षेत्रका परिचित र लोकप्रीय व्यक्ति हुन् । पार्टी र स्थानीय क्षेत्रको विकाशका लागि मेहनत गर्ने अधिकारी हरेक सामाजिक कार्यमा समेत अग्रसर हुने गरेका छन् । बुधबार बसेको नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले सिफारिस गरेको नामावलीको उनको नाम दोस्रो नम्बरमा रहेको छ ।