मनाङको ताचै होमस्टे पर्यटकको मन जित्दै

470

मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै होमस्टे (घरबास) ले स्वदेशी र बिदेशी पर्यटकहरुको मन जित्न थालेको छ । बेशीशहर-चामे सडक खण्डको एक्लेभट्टि भन्ने स्थानबाट करिब ४० मिनेटको पैदलमा उक्त होमस्टेमा पुग्न सकिन्छ । गुरुङ र घले समुदायको बाक्लो बस्ती रहेको ताचैमा हाल २६ घरमा होमस्टे संचालन भईरहेको ताचै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याद घलेले बताए । पर्यटकीय जिल्ला भएकाले पनि मनाङमा बाह्य तथा स्वदेशी पाहुनाहरुको बाक्लो उपस्थिती हुने गरेकाले गुरुङ समुदायको रितीरिवाज र परम्परा अनुसार स्वागत संत्कार र विदाई गरिने घलेको भनाई छ । एक तथ्यांक अनुसार एक वर्ष करिव २९ हजार विदेशी मनाङ पुगेका थिए । हजारौं संख्यामा नेपालीहरु समेत उक्त जिल्लामा भ्रमण गर्न जाने थालेका छन् ।