Monday, August 3, 2026
Home Blog Page 1199
माघ १७, काठमाडौँ । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् । शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ,यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन...
माघ १७, काठमाडौं । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।उनले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा पेश गरेका हुन् । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन...
माघ १७, काठमाडौं । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार अनुसार कर्णालीमा हुने सवारी दुर्घटनाका घटनामा तीन दिनमा एक जना मृत्यु हुने गरेको छ । कर्णालीमा साँघुरा, जोखिमपूर्ण र नयाँ खोलिएका ट्र्याकका कारण दुर्घटनाका घटना बढ्दै गएका छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा सवारी दुर्घटनाका एक सय एक घटनामा एक सय...
माघ १७, एजेन्सी । बेलायती संसद्सँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट अलग हुन लागेको छ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।बेलायती प्रधानमन्त्री बोरिस...
माघ १७, काठमाडौँ । बिहिबार प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो । शाहले परीक्षा नै नदिइ भारतबाट बि।ए। पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षक ९इन्सपेक्टर०मा बढुवा भई...
माघ १६, काठमाडौं । क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबीच शनिबार विवाह सम्पन्न भएको हो । चार वर्षको प्रेमलाई सोमपालले विवाहमा परिणत गरेका हुन्। सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तबीच विवाह गरेका हुन्।
माघ १६, भक्तपुर । इष्ट प्वाइन्ट एकेडेमी माध्यमिक विद्यालय मूलढोकामा श्रीपञ्चमीको अवसरमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार स्कुलको प्रांगणमा विद्यार्थी, शिक्षक/शिक्षिकाहरु भेला भएर विद्याकी देवि सरस्वती माताको पुजा गरिएको हो । साथै उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।
माघ १६, एजेन्सी । सवारी आवागमनका दृष्टिले भारतको बेंगलुरु सहर विश्वकै सबैभन्दा खराब सहरका रुपमा अंकित भएको छ । यस सहरमा सन् २०१९ मा ‘पिक आवर’ मा यात्राका क्रममा मानिसले करिब २४३ घण्टा जाममा बिताउनु परेको थियो । नेदरल्याण्डको नेभिगेसन कम्पनी ‘टम टम’ ले जारी गरेको वार्षिक ट्राफिक प्रतिवेदनमा बेंगलुरु सहरको ट्राफिक व्यवस्था सबैभन्दा खराब पाइएको उल्लेख छ ।बेंगलुरुमा ३० मिनेटको...
माघ १६, भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी दुई वर्षभित्रमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । विहीबार कटुन्जेमा भवनको शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापाले नगरपालिका अत्याधुनिक सेवाग्राहीमैत्री प्रशासनिक आफ्नै भवन निर्माण गर्न लागेको जानकारी दिएका छन् । नगरप्रमुख थापाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको बताए । नगरपालिका नयाँ भएर...
माघ १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गुट मौलाउँदै गएको छ । एमाले र माओवादी केन्द्रदेखिको गुट पार्टी एकीकरणपछि झन् झाँगिएको हो । नेकपाले पार्टीभित्र गुट रहेको स्वीकारेको मात्र छैन आधिकारिक रुपमै सार्वजनिक गरेको छ । राजधानीमा बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र गुट रहेको अध्यद्वय केपी ओली र पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको हो ।...