नेकपामा ‘गुटैगुट’

315

माघ १५,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गुट मौलाउँदै गएको छ । एमाले र माओवादी केन्द्रदेखिको गुट पार्टी एकीकरणपछि झन् झाँगिएको हो । नेकपाले पार्टीभित्र गुट रहेको स्वीकारेको मात्र छैन आधिकारिक रुपमै सार्वजनिक गरेको छ । राजधानीमा बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र गुट रहेको अध्यद्वय केपी ओली र पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको हो । बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा एकीकरणको पूर्णतमा भएको ढिलाईले गुट मौलाउने अवसर पाएको उल्लेख छ ।

पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको कारण आज पार्टी संगठन कमजोर अवस्थामा रहेका छन्’ प्रतिवेदनमा भनिएको छ– ‘पार्टी संस्थागत छैन, बरु विभिन्न प्रकारका गुट सक्रिय रहेका छन् । पार्टीभित्र घात, अन्तर्घात, अराजकताको प्रवृति कायम छन् । पार्टी अनुशासनको स्तर दयनीय छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनको स्थान गुट अनुशानले लिने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।

आलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सचिव र गतिशील कम्उुनिष्ट पार्टीकमा निम्ति अपरिहार्य विवि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्गथामा छ ।’
अध्यक्षद्वयले प्रस्तुत गरेको ३५ पृष्ठको प्रतिवेदनमा पार्टीको अवस्थादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समेत बिश्लेष्ण गरिएको छ । -जनता समाचारबाट