सूर्यविनायक नगरपालिकाको नयाँ भवन दुई वर्षभित्रमा निर्माण हुने

304

माघ १६,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी दुई वर्षभित्रमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।
विहीबार कटुन्जेमा भवनको शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापाले नगरपालिका अत्याधुनिक सेवाग्राहीमैत्री प्रशासनिक आफ्नै भवन निर्माण गर्न लागेको जानकारी दिएका छन् । नगरप्रमुख थापाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको बताए ।
नगरपालिका नयाँ भएर पनि आफ्नै भवन बनाउने कार्यमा उपत्यकाको सम्भवत पहिलो नगरपालिक रहेको समेत उनको भनाई छ ।

कटुन्जे निर्माण हुने भवन ६ रोपनी ११ आना जग्गा रहेको छ । ८ हजार ८ सय १० वर्गफिट क्षेत्रफल ओगट्ने भवन चार तल्ला आधाको हुनेछ । २ सय १० जना क्षमता भएको सभा हल र ८० जना क्षमता भएको बैठक हल र ४८ वटा कोठा भवनमा रहने प्रमुख थापाले जानकारी दिए । सो भवन पूर्णसेवाग्राही मैत्री हुनका साथै २ वटा लिफ्ट समेत हुनेछ । प्रशासन, बैठक हल, कार्याक्रम हल, शौचालय, स्तनपानकक्षलगायतका संरचना भवनमा हुनेछन् ।
उपत्यकामा पाकिंङ्गको समस्या धेरै हुने भएकाले एक साथ १ सय सवारी साधन अण्डरग्राण्ड र अर्को तलामा पार्किङ स्थल हुनेछ । भ्याली बाबुरत्न निर्माण सेवाले निर्माण गर्ने भवन अवधि २ वर्ष रहेको छ । सो भवनको कूल लागत कर बाहेक २० करोड ४१ लाख रकम रहेको छ । हाल नगरपालिका टंकप्रसाद आर्याच स्मृति भवनमा भाडामा बस्दै आएको छ ।