खरिपाटीको क्वारेन्टाइन जब साझा यातायात छिर्यो, भिडियो सहित

731

चैत ८,
भक्तपुर । शनिबार भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा एकाएक साझा यातायात छिर्यो । तब स्थानीयहरु एकछिन् किन होला भनेर चासो मान्न थाले । केहीबेरमा थाहा भयो त्यहाँ विभिन्न देशबाटआएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनका लागि ल्याईएको रहेछ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएको हुन् । आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने छ ।