Thursday, October 29, 2026
Home समाचार आजको मौसमः चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा

आजको मौसमः चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा

291

बैशाख ८,
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।

महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। यसैगरी, अपरान्हपश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।