कविताः मलाई राहत हैन नेता ज्यू

423

-प्रकाश कुमार कार्की

मलाई राहत हैन नेता ज्यू
हजुरको नैतिकतामात्र भए पुग्छ ।
मेरो देशको करोडौं पैसा भ्रष्टाचार गरेर नलुकाइदिए पुग्छ !
हामी नेपालीलाई विभिन्न बाहनामा नमारिदिए पुग्छ !
हजुरको खराब सोच अनि त्यो हजुरको चोर्ने मन र
लुगा लगाएको तर चरीत्र नाङ्गो भैइ सकेको त्यो शरीर नदेखाएदिए पुग्छ।
हरेक बिकासका पाइलामा हजुर बाधक नबनिदिए पुग्छ
देशमा कुशासनलाई दिनप्रती दिन मलजल गर्ने हजुरले सुशासनको प्रत्यभुती दिलाउने सरकारमा नबसिदिए पुग्छ।

मलाई राहत हैन नेता ज्यु
मात्र हजुरले मेरो देशको साधनस्रोतको दुरुपयोग नगरिदिए पुग्छ ।
पुर्व मेची देखि पच्छिम महाकाली सम्मका हामी एउटै सान्लोमा रहेका नेपालीलाई
कयौं हजुरको स्वार्थि बहानामा हामिलाई बिभाजनको सगोलमा नपुर्‍याइदिए पुग्छ ।

देशको सर्वोच्च कानुनको हजुरले धज्जी नउदाइदिए पुग्छ,
हाम्रो सबिधानलाइ पत्र पत्रमा नच्यातिदिए पुग्छ
हजुरको पाइलै पिछेको त्यो सर्वत्र दलाली रुप नदेखाएदिए पुग्छ।
देशमा बिदमान कयौं बेथितीको प्रमुख योजनाकार मात्र नबनिदिए पुग्छ।

देश र जनता रहे म रहने हो भन्ने सोचकोलाई मात्र
अमृतस्वरुपि लिइदिए पुग्छ ।।
राजनिती भित्रको त्यो सैद्धान्तिक आर्दशलाई हजुरले
मात्र नभुली ब्याबहारमा अंगिकार गरिदिए पुग्छ।
कुनै पार्टी, समुदाय अनि कुनै झुन्डको नेता हजुर भन्दा पनि
समग्र नेपाल अनि नेपालीको नेता बनिदिए पुग्छ।

मलाई राहत होइन नेता ज्यु
हजुरको पट्क्कै पिछे बोलेने आश्वासनको त्यो हजुरको बोलि मात्र नफेरिदिए पुग्छ।
चारजात अनि छत्तिस वर्णको यो साझा फुलबारी बिन्ती
आफ्नै नीति बगैंचा मात्र नठाने पल्ट पल्ट गरि नबेचिदिए पुग्छ।
रामबनी हजुरले यो नेपालीभुमीको रछ्या गरिदिए पुग्छ
रावन लवजमा मात्र नलुटिदिए पुग्छ।

मलाई राहत हैने नेता ज्यु
हजुरको पुर्खाले इतिहासमा देखाएसरीको निष्ठ, त्याग अनि उच्छ मानवता हजुरले देखाइदिए पुग्छ
मेरा पुर्खाले सुखले आर्जेको मुलुक यो पक्कै होइन
मात्र दिब्य उपदेशका रुपमा लिइदिए पुग्छ।।

मलाइ राहत हैने नेता ज्यु
हामी नेपालीहरुको पिरमर्का बुझिदिए पुग्छ
हाम्रो मर्म र पर्मको सारथि बनिदिएर हाम्रो
एक छाक भित्र कथा सुनिदिए पुग्छ
नकिअरु बेलामा हराउने पाँच बर्षमा एक्कासी देखाउने अनुहार देखाउदै
अब म यस्तो उस्तो गर्छु भन्दै त्यो सेय्तानी अनुहार मात्र न देखाइदिए पुग्छ।।

मलाइ रहत होइन नेता ज्यु
हजुरले राहतको नाउमा त्यस भित्र कयौं राजनिती
हामीलाई कुहिएको र कम्सल रासनपानी दि गुणस्तर रासनपानीमा कालोबजारी गर्ने त्यो सदियौ देखीको हजुरको बानी मात्र त्यागीदिए पुग्छ।

नेपालीको आँसु र रगतमा होलि खेल्ने त्यो हजुरको बानी हजुले छोडिदिए पुग्छ।

अन्तत: हजुरले आफ्नो नैतिक जिम्मेवारी मात्र नबिर्सिदिए पुग्छ।