Wednesday, July 29, 2026
Home Blog Page 1116
साउन ३०, काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् । खुल्ला स्थानमा मानिस भेलार जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा...
साउन ३०, रामेछाप । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अपहरण तथा शरीर बन्धकको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ गरेको छ । प्रहरीले उनलाई शुक्रबार घरबाटै पक्राउ लिएको हो । स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले...
साउन ३०, काठमाडौं । नेपाली सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी राखेको छ । सेनाका अनुसार पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको...
साउन ३०, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेवि संघ)ले त्रिभुवन विश्व विद्यालयमा तोडफोडमा उत्रिएको आरोपमा पक्राउ परेका विद्यार्थीहरुलाई तत्कालै छोड्न माग गरेको छ। आज नेवि संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई तत्कालै छोड्न माग गरेका हुन्। उनले विद्यार्थीहरुलाई तत्कालै रिहा गर्न र मुद्दा फिर्ता गर्न पनि भनेका छन्। ‘गत साउन २७ गते...
साउन ३०, ब्राजिलमा चीनबाट आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।​ ब्राजिलको शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएका छन्। हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको छ। तर विश्व स्वास्थ्य...
साउन ३०, काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ । यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
-जानु काम्बाङ लिम्बू वर्तमान लेख्दैछु त्यहीँनिर इतिहास देख्दैछु लाग्छ ! आज लेखेर भोलि समेट्दैछु ।बाङ्गो एउटा मेट्छु टिङ्गो एउटा मेट्छु धर्साहरू तान्छु दायाँ र बायाँ अनि जोड्छु अक्षरहरू ढालिएका सालिकहरूजस्तै टुक्रा टुक्रा मन बटुलेर कतै मेटी हेर्छु कतै समेटी हेर्छु,फेरि अनेकौँ राजनीतिक दलहरूजस्तै साना साना अङ्गहरू चोइटिएर जान खोज्छन् कहीँकतै ठुल ठुला दलहरू स्वार्थपूर्तिका निम्ति जोडिएजस्तै असुहाउँदिलो पाराले जोडिएर आउन खोज्छन् लाग्छ अक्षरहरू पनि गुटबन्दी चाहन्छन् नातावाद, कृपावाद चाहन्छन् कि अक्षरका पनि सन्तान दरसन्तान इष्टमित्र, कुलकुटुम्ब र...
साउन २९, काठमाडौ । रुकुमको चौरजहारी नगरपालिकास्थित सोतीमा गत १० जेठमा भएको घटनामा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाखका दरले नगद राहत हस्तान्तरण गरिएको छ । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिस अनुसार पीडित परिवारलाई राहत वितरण गरिएको हो ।  २६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत...
साउन २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ। पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न बसेको सकारात्मक दिशाउन्मुख भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने...
साउन २९, एजेन्सी । अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिएका हुन् ।...