नवराज विकलगायतका परिवारलाई नगद राहत हस्तान्तरण

161

साउन २९,
काठमाडौ । रुकुमको चौरजहारी नगरपालिकास्थित सोतीमा गत १० जेठमा भएको घटनामा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाखका दरले नगद राहत हस्तान्तरण गरिएको छ । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिस अनुसार पीडित परिवारलाई राहत वितरण गरिएको हो । 
२६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाको छानविनका लागि २६ जेठमा बसेको प्रतिनिधिसभाको बैठकले देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय सोती घटना छानवीन संसदीय विशेष समिति गठन गरेको थियो ।