Tuesday, July 28, 2026
Home Blog Page 1096
असोज ५, काठमाडौं । इलेक्ट्रोनिक पासपोर्ट (इ–पासपोर्ट) खरिद प्रक्रिया फेरि रद्ध भएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै ८ महिना अघि सुरु गरिएको इ–पासपोर्ट खरिदसम्बन्धी सबै प्रक्रिया रद्ध गरेको जनाएको हो । विभागले पुस १८ गते २० लाख राहदानी छपाइका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । ४५ दिन समय दिएर खोलिएको उक्त टेन्डरको म्याद पटकपटक...
असोज ५, मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको...
असोज ५, काठमाडौं । सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको छ । यसअघि सैनिक ब्यारेकमा...
असोज ५, काठमाडौं । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित...
असोज ५, काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा सेनिटाइजरको प्रयोगकर्ता बढ्न थालेका छन् । तर सेनिटाइजरको प्रयोग गर्दा सावधानी अपनाइएन भने त्यो घातक पनि हुन सक्ने विज्ञहरु बताउँछन् । माग बढेसँगै नाफाखोरहरुले बजारमा गुणस्तरहीन...
असोज ५, काठमाडौं । झण्डै ६ महिनापछि सोमबारबाट आन्तरिक उडान सुचारु भएको छ । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेपछि अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउन सहमत भएका हुन्। विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ...
असोज ५, नवलपरासी । नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।...
असोज ५, काठमाडौं । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको...
असोज ३, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत...
असोज ३, सर्लाही । स्थानीय प्रशासनले जिल्लाको सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । सर्वसाधारणलाई घरबाट निस्किन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु लगाइएको उनले बताए ।शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच...