इ–पासपोर्ट छपाइको टेन्डर रद्ध

635

असोज ५,
काठमाडौं । इलेक्ट्रोनिक पासपोर्ट (इ–पासपोर्ट) खरिद प्रक्रिया फेरि रद्ध भएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै ८ महिना अघि सुरु गरिएको इ–पासपोर्ट खरिदसम्बन्धी सबै प्रक्रिया रद्ध गरेको जनाएको हो । विभागले पुस १८ गते २० लाख राहदानी छपाइका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । ४५ दिन समय दिएर खोलिएको उक्त टेन्डरको म्याद पटकपटक थप गर्दै असार १९ गतेसम्म सारिएको थियो । असार १९ गते खोलिएको उक्त टेन्डरमा सहभागी भएका कुनै पनि कम्पनीको कागजात नपुगेको भन्दै प्रक्रिया नै रद्ध गर्नु परेको विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।