असोज १६,
काठमाडौं । देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४...
असोज १६,
काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ । प्रधिकरणले लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि...
असोज १६,
काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री मनोज वैद्यले मास्क निशुल्क वितरण अभियानको थालनी गरेका छन् । काठमाडौंमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी ४ लाख ५० हजार मास्क निशुल्क बितरण अभियानमा शुक्रबारबाट सुरु गरेका हुन् । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माको हातबाट नयाँ बानेश्वरमा निशुल्क मास्क वितरण अभियानको थालनी गरिएको...
असोज १५,
काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीले डाक्टर युवराज खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गरेका छन् । मन अमिलो बनाउदैं अर्थमन्त्रीबाट विदा भएका खतिवडालाई मन्त्रीसरहको सुविधासहित खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भए । जब कि ओलीसँग आर्थिक सल्लाहकारका रुपमा डा। लालशंकर घिमिरे पहिल्यै थिए । सत्तारुढ नेकपाभित्र पनि खतिवडाप्रति बढ्दो असन्तुष्टि थियो । पार्टीभित्रको बीजजगणितले किनारामा पु¥याइएका ओलीले...
असोज १५,
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । मृतकमा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन् ।...
असोज १५,
काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशूल्क गर्न सरकारलाई अन्तिम आदेश दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो । गत भदौं २८ गते सरकारलाई विपक्षी बनाएर अधिवक्ताद्धय लोकेन्द्र ओली र केशरजंग केसीले पीसीआर परीक्षण निःशूल्क गर्न गराउन मागदावी गर्दै रिट दायर...
असोज १४,
काठमाडौँ । प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिणामको हरियो केराउ बरामद गरेको छ । ६५ सय बोरामा ३०० क्विन्टल हरियो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।
२ नम्बर प्रदेश प्रहरीले नेपालबाट भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको ३ लाख २५ हजार केजी हरियो केराउ भारतसँग सिमाना जोडिएको पर्साको सीमावर्ती इनारवा गाउँबाट बरामद गरेको...
असोज १४,
रुपन्देही । घाँटी रेटेर आत्महत्या प्रयास गरेका कोरोना संक्रमित पुरुषको मृत्यु आज उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० का ७६ वर्षीय पुरुषले हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास १२ गते गरेका थिए । उनको उपचारको क्रममा आज भैरहवाको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेको लुम्बिनी...
असोज १४,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले किशोरीहरुलाई स्यानिटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका प्रार्चाय मार्फत उक्त स्यानिटरी प्याड कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई निःशुल्क रुपमा वितरण हुने उपप्रमुख बास्तोलाले जानकारी दिएकी छिन् । नगरपालिका अन्तरगत रहेका...
कोही वर्षौंसम्म साथीको सम्बन्धमा रहेर त कोही एकदम अपरिचित अनुहारसँग, जब सम्बन्धको अटुट बन्धनमा बाँधिन्छन् तब उनीहरुको संसार पहिलेको भन्दा निकै परिवर्तन हुनेगर्छ । थुप्रै कुरा पछि छुट्छन् त थुप्रै नयाँ गाँसिन्छन् । एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता वैवाहिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण शर्त हुन् । यो पवित्र सम्बन्धमा बाँधिनका लागि उमेरसँगै आपसी समझदारी पनि अत्यावश्यक छ । साथै, एक–अर्काको कुरा...










