कोरोना संक्रमितले आफ्नै घाँटी रेटेपछि …..

90

असोज १४,
रुपन्देही । घाँटी रेटेर आत्महत्या प्रयास गरेका कोरोना संक्रमित पुरुषको मृत्यु आज उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० का ७६ वर्षीय पुरुषले हँसियाको सहायताले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास १२ गते गरेका थिए । उनको उपचारको क्रममा आज भैरहवाको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकी सोही दिन युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।मेडिकल कलेजमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । यस अधि कोरोना कारणले रुपन्देहीमा आज उपचार गरेका दुई जनाको मृत्यु भएको थियो । रुपन्देहीको देवदहका एक पूरुषको बुटवलस्थीत कोरोना अस्पतालमा र कपिलबस्तुको बुद्धुभुमि नगरपालिकी ५० बर्षीय महिलाको मेडिकल कलेज भैरहवा नै मृत्यु भएको थियो ।