Sunday, July 26, 2026
Home Blog Page 1073
कार्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले ओलीप्रति लक्षि गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका छन् ।...
कार्तिक २७, काठमाडौँ । गत चैत ७ गतेदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए । ‘कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको...
कार्तिक २६, बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पmत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय बाँकेका...
कार्तिक २६, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ । काठमाडौंका ९, ललितपुरका ५, सिराहाका २ जना, भक्तपुर, सिन्धुपाल्चोक, सुनसरी, चितवन र कास्कीका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
कार्तिक २६, काठमाडौं । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए ।गौचन विसं २०२४...
कार्तिक २५, भक्तपुर । पूर्व संचारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाले 'प्रधानमन्त्री केपि शर्मा ओलीलाई दुई साताभित्र पानी पनि पिउन नपाउने गरि खतरा कारवाही गर्ने तयारी भईरहेको' आफ्नो फेसबुकवालमा लेखेका छन् । 'जिम्वालबाका छिमेकीले' भनेको भन्दै उनले अगाडी लेखेका छन् 'कारबाही गर्ने तयारी छ रे अब प्रतिरक्षा त गर्नु परो नी' । उनको यो लेखाईले नेकपाभित्र आएको विवादले सरकार...
कार्तिक २५, बीबीसी, लन्डन । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार...
कार्तिक २५ काठमाडौँ । सर्वोच्च अदालतले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिलाई किन खारेज नगर्ने भनी सरकारलाई प्रश्न सोधेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति खारेज हुनुपर्ने भनी दर्ता गरिएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता रुद्र शर्माले संवैधानिक व्यवस्थाविपरीत जिल्ला तहको संरचना राखिएको दाबी गर्दै...
कार्तिक २५, काठमाडौं । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले...
कार्तिक २५, काठमाडौं । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई...