माघ ६,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केपी शर्मा ओली पक्षद्धारा बागमती प्रदेश कमिटीको अध्यक्ष नारायण दाहाललाई कारवाही गरेको जानकारी दिइएको छ । भक्तपुरमा बागमती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारी अनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोनीलाई चयन गरिएको एक नेताले जानकारी दिए । त्यसैगरि ओली पक्ष नेकपाको जिल्ला अध्यक्षहरुमा चयन भएकामा क्रमश काभ्रेमा अशोक व्यान्जु, रामेछापमा आनन्द श्रेष्ठ, धादिङ्गमा भुमी त्रिपाटी, मकवानपुरमा एकलाल श्रेष्ठ, सिन्धुलीमा प्रदिप कटुवाल चयन गरिएको जानकारी दिइएको छ ।
माघ २३ गते पार्टीले काठमाडौं विशाल जनसभा गर्ने र सो कार्यक्रमकालागि कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ जनाको कमिटि घोषणा गरेको छ । सो बैठकलाई सम्बोधन गर्दै स्थायी कमिट सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेलले अब पार्टी निर्माणकोलागि जनताको बीचमा जानु पर्ने बताएका छन् । उनले ‘विगतमा पार्टीमा देखिएको अराजक अवस्थालाई पुनरावलोकल गर्दै जानुको विकल्प छैन । ’पार्टीको एक कार्यकारी पदमा दुई पटक भन्दा बढि र ७० वर्ष कटेपछि बस्न नपाउने विधानको व्यवस्थालाई एकतापछि हटाईनु राम्रो नभएको उनको भनाई छ । वर्तमान अवस्था पार्टी निर्माण र कम्युनिष्ट आन्दोलन अगाडी लानलाई ऐतिहासिक क्षण, पोखरेलले भनाई छ ।
कार्यक्रममा नेताहरु आनन्द पोखरेल, महेश बस्नेत, वचन देउजालगायतले एक ढिक्का भएर पार्टी निर्माण लाग्न सबैमा आग्रह गरेका छन् ।