आजबाट भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

262

चैत २८,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज (शनिबार) देखि सुरु भएको छ । गत वर्ष कारोना भाईरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो । यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड् हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा गरेको भएकाले आज दिउँसोबाट २ बजेपछि जात्रा सञ्चालन हुने भक्तपुर नगरपालिकाले जानकारी दिएको छ ।

बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ । विगतमा बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पार्ने गरेको थियो ।