निर्मल भट्टराईको एउटा स्टाट्सको यस्तो तरंग……

406

जेठ २२,
भक्तपुर । केही दिन अगाडी बजेट भाषणमा गरिबी निवारण कोष खारेज भयो । त्यसका उपाध्यक्ष थिए नेकपा एमालेका नेता निर्मल भट्टराई । उनी एमाले पार्टीबाट नयाँ शक्ति, माओवादी हुदैं पूनः एमालेमा आएका व्यक्ति हुन् । एमालेबाट निस्कदा झलनाथ खनालको सचिवालयमा भएका भट्टराई फर्कदा केपी ओलीको निकट भए । उनले एमाले छोड्नुको कारण भक्तपुरका एमाले नेताहरु र स्वयम् उनलाई थाहा होला । तर, उनले हिजो लेखेको फेसबुक स्टाट्सले भने भक्तपुर र केन्द्रकै ओली निकट एमाले वृतमा हलचल मच्चाएको छ । भन्नु पर्दा उनको लेखाई एमालेका अर्का नेता महेश बस्नेतलाई व्यंग गरेको भन्दै युवा संघ निकट कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।
उनले यस्तो लेखेः

उनको स्टाट्समा आएका केही कमेन्टहरु पढौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदिषद विस्तार गर्दै गर्दा महेश बस्नेत निकटका युवाहरुले उनी गृह मन्त्री हुने भन्दै सामाजिक संजालमा लेखे । साझँ मन्त्रीहरुको नाममा उनको नाम आएन । गृह मन्त्री पनि कसैले बनाईएको छैन् । तर, निर्मल भट्टराईले त्यस्तो लेखे ओली निकट युवा संघका कार्यकर्ता उनीमाथी जाई लागेका छन् । दुई तर्फकै यस्तो लेखाईले पार्टी पक्तिमा असर गर्ने निकटहरुको भनाई छ । सामाजिक संजालको दोहोरीले ओली निकट भएपनि के भक्तपुरका दुई एमाले नेता फरक फरक उपगुटका हुन त ? भन्ने प्रश्न समेत सृजना भएको छ ।