एक्कासी गोली चल्यो, ६ जनाको मृत्यु

74
सांकेतिक तस्विर

साउन २९,
काठमाडौं । बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए । प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।

प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाकी प्रत्यक्षदर्शी शारोनका अनुसार बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएका थिए । घरमा गोली हानेपछि उनी कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।