Sunday, November 29, 2026
Home समाचार आइतबार बिदा खारेज

आइतबार बिदा खारेज

4

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबारको बिदा खारेज गरेको छ । शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा आजबाटै लागु हुने गरी आइतबार समेत कार्यालय सञ्चालन गर्ने निर्णय भएको हो । गाउँपालिकाको भौगोलिक वनावट र सञ्चालित सवारीसाधनमा पेट्रोल–इन्धन प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा अत्यन्त न्यून रहने हुँदा इन्धन बचत उद्देश्य सान्दर्भिक नदेखिएको गाउँपालिकाको निर्णय छ । स्वास्थ्य संस्थाहरूमा आइतबार बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको समेत गाउँपालिकाको निर्णय छ ।