भक्तपुुर । भक्तपुरमा नौलो खालको जुस पसल संचालनमा आएको छ । स्थानीय युवाहरुले देशमै केही फरक गर्ने सोचका साथ यो व्यसायहरु सुरु गरेको बताएका छन् । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक भत्केकोपाटी (लान्चाफल्चा) बाट ब्रह्मायणी जानेबाटमा रहेको यस पसले यतिबला भक्तपुरका धेरैको ध्यान तानेको छ ।
पकाएका खानेकुराले मानव शरिरलाई हानी गर्ने भएकाले सफा र विषादी रहित हरियो तरकारी, फलफुल, सलाद र गेडागुडीले मानव स्वास्थ्यलाई लाभहुने भएकाले फरक खालको सेवा मुलुक व्यवसाय सुरु गरको संचालक राजाराम तिमल्सिनाले बताए ।
मानिसले जमिन माटोसंग घु्लमिल गर्न छोडेकाले शरिरमा उर्जाकम हुन थालेको रोगव्यादी बढेकाले पसलमा शरिर चार्ज गर्न मिल्ने प्रणाली समेत राखिएको छ ।
पसलभित्र बसेको केही मिनेटमा नै भूमिको उर्जा शरिरमा चार्ज गर्न मिल्ने गरि तामाको तार राखिएको र त्यसमा ३० मिनेट मात्र बसेपनि शरिरमा उर्जा आउने संचालक तिमल्सिनाको दाबी रहेको छ ।
उत्तव जुस पसलमा जुस, विभिन्न प्रकारका लाभकारी पानी, उमारेका गेडागुडी सलाद सहितको खाजा सेट निकट भविष्यमै विषादी रहित तयारी काचोँ तरकारी समेत उपलब्ध गराउने संचालकहरुको तयारी रहेको छ ।














