बीबीसी । इरानका दुई फरक स्थानमा खसालिएका अमेरिकी युद्धक विमानका चालकदलका सदस्यहरूमध्ये एक जनाको उद्धार गरिएको र अर्को एक विमानका पाइलट विमानबाट सुरक्षा उपकरण प्रयोग गरी बाहिरिएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमले अमेरिकी र इरानी दुवै पक्षका फौजले हराइरहेका चालक दलका सदस्यको खोजी गरिरहेको जनाएका छन्।दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानमा सवार अस्त्र प्रणाली अधिकारी हराइरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। विमानका पाइलटको उद्धार गरिएको र अस्त्र अधिकारी हराइरहेको पेन्टागनका अधिकारीहरूलाई उद्धृत गर्दै सीबीएसले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उद्धार प्रयासहरूबारे कुरा गर्न अस्वीकार गरेका छन्।
तर त्यसले इरानसँगको वार्तामा कुनै असर नगर्ने उनले बताएका छन्।तेहरानले पनि स्थानीय बासिन्दाहरूलाई अमेरिकी लडाकु विमानका चालकदलका सदस्यको खोजी गर्न आग्रह गरेको छ। इरानले ती व्यक्तिलाई फेला पारेर ल्याउने व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी फौजका ती व्यक्तिलाई जीवित भेट्टाउने व्यक्तिलाई ६६ हजार अमेरिकी डलर ९झन्डै एक करोड नेपाली रुपैयाँ० पुरस्कार घोषणा गरिएको चर्चा गरिएका छन्। ती व्यक्तिको खोजीमा हतियार बोकेका गैरसैनिक मानिसहरू पनि परिचालन भएका भिडिओहरू सामाजिक सञ्जालमा फैलिएका छन्।













