भक्तपुर जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष नहुने

110

भक्तपुर । इष्ट पोइण्ट एकेडेमीले २०६५ सालयता गर्दै आइरहेको भक्तपुर जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष नहुने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१०, कमलविनायक मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमीका प्रार्चाय रमेशचन्द्र श्रेष्ठका अनुसार यो वर्ष विशेषकारणले गर्दा प्रतियोगिता नहुने भएको हो । ‘देशको अवस्थालाई मध्यनज गर्दै हामीले यो २०८२ सालको तिहारमा जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता नगर्ने निर्णय गरेका छौं,’ प्रार्चाय श्रेष्ठले भन्नुभयो ।