कांग्रेसको जिम्मेवारी खड्काको काँधमा

8

काठमाडौँ । अब नेपाली कांग्रेसको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको काँधमा आइपुगेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन मार्फत उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। सभापति देउवाले स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । अहिलेमात्रै होइन, कांग्रेसमा कार्यवाहक सभापति दिने प्रचलन पुरानो हो । सबैभन्दा पहिला कार्यवाहक सभापतिको जिम्मेवारी विश्वेश्वरप्रसाद कोइरालाले सुवर्ण समशेर जबरालाई दिएका थिए । अब मंसिरमा महाधिवेशन गर्ने महत्पूर्ण जिम्मेवारी खड्काको काँधमा आएको छ ।