काठमाडौँ । माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ । नेकपा एकीकृत समाजवादी ९एस० सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो । ‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए । नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् । एकतापछि पार्टीको चुनाव चिह्न भने कम्युनिस्टको प्रतीक झल्कने खोज्ने तयारी भइरहेको छ । एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नाम र चुनाव चिह्न राख्नुपर्नेछ ।
सहमतिअनुसार माओवादीले नाम र सिद्धान्त माओवाद छाड्ने भएको छ । माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो । विगतमा कम्युनिस्ट पार्टी एकता गर्दा वैचारिक र सैद्धान्तिक विषयमा लामो छलफल हुँदै आएकामा माओवादी र समाजवादीबीच सिद्धान्त र विचारका विषयमा भने छलफल नभएको स्रोतको भनाइ छ । ‘मार्गदर्शक सिद्धान्त, मार्क्सवाद, लेनिनवाद हुनेछ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता ९आन्तरिक लोकतन्त्र०, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनेछ,’ वार्ता समितिका एक सदस्यले भने, ‘नयाँ पार्टीको समाजवादी कार्यक्रम र कार्यदिशामा हुने तय भएको छ ।’ दुई पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाही हुने सैद्धान्तिक सहमति गरेका छन् । -कान्तिपुर दैनिक














