ओलीलाई साथ नदिने बामदेवको घोषणा

245

असार ४,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् । उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र मुख्य मुद्दाहरुमा आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन् ।

उक्त प्रस्टिकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार रहेको उल्लेख छ । त्यसैगरी उनले सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा चित्रित गर्ने क्रम बन्द गर्न पनि ओलीपक्षधरलाई चेतावनी दिएका छन् ।