Tuesday, September 22, 2026
Home राजनीति प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

29

काठमाडौं : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने नाममा अपरान्ह ४ बजेका लागि सारिएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ। कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन। यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ।