Monday, September 21, 2026
Home राजनीति समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

32

काठमाडौं : समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सरकारको एक वर्षको कामको समीक्षा, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा मोर्चाका आगामी रणनीतिबारे बैठकमा छलफल भइरहेको बताइएको छ। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी छन् । गत असार ४ गते माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो। त्यससँगै सातै प्रदेशमा सभा गरे पनि केही समययता मोर्चा निष्क्रिय बनेको थियो।