Sunday, September 27, 2026
Home समाज मृत भेटिए एक वृद्ध

मृत भेटिए एक वृद्ध

54
सांकेतिक तस्विर

सल्यान : त्रिवेणी गाउँपालिका १ काभ्रामा एक वृद्ध मृत फेला परेका छन्। स्थानीय ७० वर्षीय पिमलाल कामी मृत फेला परेका हुन्।
घरदेखि करिब १०० मिटर टाढा स्याला भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पानीको कुलोमा टाउको डुबेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। कुलोमा डुब्दा श्वासप्रश्वासमा समस्या हुँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक कामीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिएको धमलाले बताए। उनको मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।