Sunday, September 27, 2026
Home समाज बानेश्वरबाट डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ

बानेश्वरबाट डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ

105

काठमाडौं : फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्।​ संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेका थिए।