विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आजै विश्वासको मत लिँदैछन्। दिउँसो १ बजेको लागि बोलाइएको बैठक तोकिएको समयमा पनि सम्पन्न हुन सकेको छैन। यता मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी हुँदै गर्दा सचेत नागरिक अभियानले प्रदेश खारेजीको माग राख्दै मोटरसाइकल र्याली निकालेका छन। विराटनगर-४ कंचनबारी चोकबाट सुरु भएको र्याली विराटनगर बजार परिक्रमा गर्दै पुनः कंचनबारीमा पुगेर कोणसभा भएको छ।प्रदेश सरकार चाहिँदैन, देश डुबाउन पाउँदैन भन्दै उनीहरूले नाराबाजी समेत गरेका छन्। कोणसभामा बोल्दै अभियन्ता नेपाली कांग्रेस पार्टी निकट भेषराज पोखरेलले संघीयता विकासको लागि भन्दा पनि विनासको लागि भएको बताए।













