Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय तीनवटा अष्ट्रेलियाली विश्वविद्यालय शीर्ष २० मा प्रवेश

तीनवटा अष्ट्रेलियाली विश्वविद्यालय शीर्ष २० मा प्रवेश

64

क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्वविश्वविद्यालयले र्‍याङकिङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलोपटक शीर्ष २० मा प्रवेश पाएका छन्।मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९ औं स्थानमा छन्।अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले भनिन्, ‘आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको छ।’उनका अनुसार र्‍याङकिङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तरराष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ।