Sunday, September 27, 2026
Home राजनीति मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ

मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ

42

जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुङ्गेलबाट शपथ लिएका हुन्।

मुख्य न्यायाधिवक्ता ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका हुन्।