आइएमई पे र हिमाल डेन्टल अस्पतालबीच सम्झौता

33

काठमाडौँ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपालीहरूको महान चाड दसैँ -तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउने छन् ।
हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनैपनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक-अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।