काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ गागलफेदी बस्ने ललितपुर गोदावरी घर भएका २१ वर्षीय उमेश मगर र सोही नगरपालिका-४ थली हेमपाइप बस्ने धनकुटा घर भएका २७ वर्षीय मिलन मिश्र रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात बस्ने ४६ वर्षीया SHAIKH SHABANABANU YAR MAHAMMAD र ३५ वर्षीया ANSARI SARIFA ABBAS रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका-१० डगर टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ७० ग्राम सहित बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने ४१ वर्षीय शिव शंकर साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र. ०३-०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१४ बिहिबारे टोल बस्ने ५६ वर्षीय झनक बहादुर ठकुरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १६ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले झनकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय आषिस लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले म.१ ह ५५६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक आषिसलाई पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय बिशाल अछामी र ३८ वर्षीय बिरू लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१५ गैरीटोलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३८ ग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय बुद्धिराम गुरौलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













