Sunday, September 27, 2026
Home राजनीति देशमा भएका विकृतिको अन्त्य गर्न राष्ट्रिय युवा संघ तयार छः उपसचिब खड्का

देशमा भएका विकृतिको अन्त्य गर्न राष्ट्रिय युवा संघ तयार छः उपसचिब खड्का

146

बागमती प्रदेशको उपसचिब पदमा भक्तपुरका खड्का
भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । केहीदिन अगाडी भक्तपुरमा सम्पन्न सो अधिबेशनले जय गुरुङ्गको नेतृत्वमा ९७ सदस्य रहेको प्रदेश कमिटी चयन गरेको थियो ।
सो अधिबेशनबाट भक्तपुर जिल्लाका युवा नेता राजेश खड्का सहसचिब पदमा सर्बसहमत भएका छन् ।
नवनिर्वाचित सहसचिब खड्काले नयाँ नेपाल न्यूजसंग कुरा गर्दै भने ‘वर्तमान अवस्थामा मुलुकमा बढेको विकृतिको अन्त्य गर्न युवासंघ सधै तयार छ ।’ अबको नेपालमा हरेक पार्टीभित्र युवा पुस्ताको सहभागीता बढ्नु पर्छ, सधै युवाहरु पछाडी पर्दा राजनीतिमा वितृष्णा बढेको उनको भनाई छ ।