प्रेस युनियनको केन्द्रीय सदस्यमा आचार्यको उम्मेदवारी

129

भक्तपुर । प्रेस युनियनको केन्द्रीय सदस्यमा पेशल आचार्यले उम्मेवारी दिने भएका छन् । साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न हुने ९ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको आयार्चले नयाँ नेपाल न्यूज डटकमलाई बताए । विगतमा उदयपुरमा रहेर पत्रकारिता गरेका आचार्य हाल भक्तपुर बस्दै आएका छन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका आयार्च आफुले खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रष्ठ पारे । हाल उनले आर्थिक अनलाईन नेपाल अर्थ डटकम चलाउदैं आएका छन् । युनियन नेपाली कांग्रेस निकट पत्रकारको शुभेच्छुक संस्था हो ।