Friday, October 2, 2026
Home राजनीति कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीन विश्वकर्मा

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीन विश्वकर्मा

117

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका छन्। स्रोतका अनुसार देउवाले बुधबार उनीहरूलाई नियुक्त गरेका हुन्। यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाण थिए। एक वर्षअघि उनी गृहमन्त्री बनेका थिए। कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो। देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।