काठमाडौं । भारतका विभिन्न राज्यहरूमा केही दिनयता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार भारतका तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो। मोदी सरकारको उक्त निर्णयविरूद्ध प्रदर्शन भएपछि यसपालिका लागि भनेर उमेर २३ वर्ष पुर्याइएको छ। तर प्रदर्शन मत्थर भएको छैन।
सो कारणले भारत बन्दको घोषणा गरिएको छ । सयौं रेल सेवा रद्ध गरिदा लाखौं यात्रुहरु बिचल्लीमा परेको भारतिय संचारमाध्यम आज तकले उल्लेख गरेको छ । नयाँ दिल्लीस्थित रेल स्टेशनमा सयौं यात्रुको बिचल्ली भएको छ । सरकारले रेल सेवाको सुरक्षाको लागि बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।